कावासोतीमा मगरात राष्ट्रिय समन्वय समितिको राष्ट्रिय भेला हुने
पाेखरा | भदौ २३, २०७९
पोखरा । मगरात राष्ट्रिय समन्वय समितिको राष्ट्रिय भेला तथा विस्तारित वैठक नवलपुर जिल्लाको कावासोतीमा आगामी ३० गते हुने भएको छ ।
नवलपुरको कावासोतीमा आज ९बिहिबार० बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मगरातको पहिचान र अधिकारको विषयमा मुद्दा उठाउदै आएका जनता समाजवादी पार्टी नेपालको भातृसंगठन अन्र्तगतको मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन गर्नु पर्ने भएकोले सो राष्ट्रिय भेला तथा विस्तारित बैठकको आयोजना गरिएको मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय भेला सम्पन्न गर्न मगरात राष्ट्रिय समिति गण्डकीका इन्चार्ज तथा केन्द्रिय सदस्य सुवेदार छबिलाल रानाको संयोजकत्वमा १ सय १ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन सम्बन्धि कार्यदल बनाइएको छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यतामा तथा समितिका उपाध्यक्ष श्याम माया पुन मगरको अध्यक्षतामा बैठक बसेले सो निर्णय गरेको थियो ।

सो पुनर्गठन सम्बन्धि तयारी बैठकमा पार्टी केन्द्रिय राजनीतिक समिति सदस्य तथा तमुवान राष्ट्रिय समिति इन्चार्ज रुद्र बहादुर गुरुङ, मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज तथा केन्द्रिय राजनीतिक समितिका सदस्य निर्मल जिसी, गण्डकी प्रदेश सह–इन्चार्ज धन प्रसाद तामाङ,लुम्बिनी प्रदेश सह– इन्चार्ज नवीन कुमार सुनुवार, मगरात राष्ट्रिय समन्वय समिति सह–इन्चार्ज खडक बहादुर आले, मगरात गण्डकी इन्चार्ज छबिलाल राना, मगरात लुम्बिनी इन्चार्ज हरिकला थापा, तमुवान राष्ट्रिय समिति अध्यक्षका प्राध्यापक मन बहादुर गुरुङ , मगरात राष्ट्रिय समिति गण्डकीका अध्यक्ष सुस्मिता थापा, संघीय परिषद सदस्य देव परियार, प्रदेश उपाध्यक्ष तथा नवलपुर जिल्ला इन्चार्ज सुवेदार तेज बहादुर थापा, प्रदेश सचिव राम तामाङ , सदस्य देविसरा पुलामी, नवलपुर जिल्ला अध्यक्ष जगत काजी गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

